नार्कोनन् नेपाल, लागू औषध दुव्यर्सन रोकथाम तथा उपचार केन्द्रमा यहाँहरुलाई स्वागत छ ।
नार्कोनन् नेपाल, लागू औषध दुव्यर्सनको (ड्रग्स एडिक्सनको) समस्यालाई सदाका लागि समाधान गरी, व्यक्तिलाई नयाँ जीवन प्रदान गर्ने एक प्रभावकारी उपचार तथा पूर्नस्थापना केन्द्र हो । यस संस्थाले उपचार तथा पूर्नस्थापनामा अवलम्बन गर्ने विधि “नार्कोनन् विधि” हो जुन अमेरीकामा विकाश भई फ्रेन्चाईजको रुपमा नेपालमा भित्रिएको छ । दार्शनिक एल.रोन हब्र्डस ले बिकाश गर्नु भएको यस पद्धतिद्वारा सेवा प्रदान गर्ने हाम्रो संस्था दक्षिण एसियाको एकमात्र र पुरै एसियामा दोश्रो संस्था हो । यहाँहरुलाई नार्कोनन् नेपालमा स्वागत छ । नार्कोनन्मा प्रदान गरिने एक एक कार्यक्रमले, तपाईँको दुव्यर्सनको समस्यालाई सदाका लागि समाधान गर्न सम्भव बनाउने छ । हामी तपाईँको लागू औषध कुलतका पछाडि रहेका प्रत्येक कारणलाई सुक्ष्म ढँगले अध्ययन गर्नेछौँ र सो कुलतबाट तपाईँलाई सदाका लागि बाहिर निकाली, लागू औषध मुक्त, नैतिक, उत्पादक र स्थिर जीवन बिताउन सक्षम बनाउने छौँ । यस विधिद्वारा सम्पूर्ण रुपमा उपचार गरिएकाहरु करिब ८५ देखि ९० प्रतिशत यस समस्याबाट बाहिर निस्किन सफल भएको पाईएको छ ।
असल र सफल जिवनका लागि, लागू औषध दुव्यर्सन मूक्त हुन नितान्त जरुरी छ
कतिपय व्यक्तिहरु लागू औषध दुव्यर्सनको समस्या जागिर दिएर, विदेश पठाएर, विवाह गरेर, पढाएर, भने भनेको कुरा किनिदिएर वा अन्य तरिकाले समाधान गर्न खोज्नु हुन्छ जुन अन्तत असफल नै सावित हुन्छ किनकी दुव्यर्सनमा परेको समयमा व्यक्ति शारिरीक तथा मानसिक दुबै हिसावले सामान्य अवस्थामा हुँदैन । यदि समयमा उपचार तथा पूर्नस्थापना नभएमा वहाँहरुको अकाल मै ज्यान नै जान पनि सक्छ । अतः कुनै पनि कुरा गर्छु वा गराउँछु भन्नु भन्दा पहिला उक्त व्यक्ति सामान्य जिवनमा फर्कन जरुरी छ अर्थात लागू औषध मूक्त हुन जरुरी छ । लागू औषधको कूलतमा रहेको अवस्थामा सर्वप्रथम हामी सबैको ध्यान वहाँलाई त्यो धरापबाट बाहिर निकाल्ने नै हुनुपर्दछ नकि माथि उल्लेखित कामहरु गरी थप क्षती बेहोर्न तिर लाग्नु बुद्धिमता हुन्छ ।
नार्कोनन् पद्धति अन्य उपचार पद्धति भन्दा कसरी फरक छ ?
आजको संसारमा लागू औषध प्रयोगकर्ताहरुलाई सामान्य जीवनमा फर्काउन धेरै प्रकारका विधिहरु अवलम्बन गरिएका छन् जस मध्ये संसारमै अति सफल मानिएको एक विधि “नार्कोनन् विधि” हो । नार्कोनन् विधिमा विशेष पाठ्यक्रम हुन्छ जुन पाठ्यक्रम अन्य भन्दा फरक मात्र होईन अति नै प्रभावकारी पनि रहेको छ । यो विधिमा, विधि प्रदान गर्ने अमेरिकाको प्रधान कार्यालय, प्रशिक्षक तयार गर्ने महादेशीय तालिम केन्द्रहरु, पाठ्यक्रम, डिटस्कको कार्य, परिक्षाको व्यवस्था का साथै उतिर्ण हुनेलाई ग्राजुएट्सको प्रमाणपत्र समेत प्रदान गरिन्छ । जसरी इन्जिनियर हुने, डाक्टर हुने वा अरु कुनै पेशा सिक्ने पाठ्यक्रम हुन्छन् त्यसै गरी नार्कोनन् पाठ्यक्रम व्यक्तिलाई लागू औषध बाट बाहिर निस्कि उत्पादक र नैतिक जीवन बिताउन सक्षम बनाउने पाठ्यक्रम हो ।
नार्कोनन् पद्धतिमा लागू औषध दुव्यर्सनको समस्यालाई रोगको रुपमा लिईदैन ः
नार्कोनन्मा हामी , कोही लागू औषधको कुलतमा परीरहनु भएको व्यक्तिलाई, वहाँ जीवनभरिका लागि लागू औषध प्रयोगकर्ता नै भइरहनु हुनेछ वा वहाँ भित्र कहिल्यै निको नहुने दुव्यर्सनको रोग छ भनेर विश्वास गर्दैनौँ । हामी यो रोग नभई आचरण र व्यवहारको समस्या हो, जसलाई नार्कोनन्को कार्यक्रम र पाठ्यक्रमबाट समाधान गरी समस्यामा पर्नु भएको व्यक्तिलाई पून सामान्य र सभ्य जिवनमा फर्काउन सकिन्छ भन्ने कुरामा विश्वास राख्दछौँ ।
अहिले नै मद्दत प्राप्त गर्नुहोस्
हामीलाई सम्पर्क गर्नुहोस्
+977 1-4377124
+977-9851037529
+977-9851048432
+977-9745660707
Narconon Nepal
नार्कोनन् पद्धति अनुसार कसरी उपचार तथा पूर्नस्थापना गरिन्छ ?
नार्कोनन् विधिमा विथड्रलको(सिकको) समस्या मेडिकल डाक्टरको निगरानीमा कुनै पनि लागू औषध नदिई विशेष प्रकारका पौष्टि तत्व,एसिस्ट,अब्जेक्टिभ आदि दिएर गरिन्छ । यस विधिमा शरिरबाट ड्रग्स लगायत विशालु तत्वहरु बाहिर निकाल्ने गरिन्छ । व्यक्तिको आचरण सुधारका लागि विशेष पाठ्यक्रम र अभ्यासहरु हुने गर्दछन् । ड्रग्सबाट कसरी निस्कन सकिन्छ भन्ने सम्बन्धमा नार्कोनन् विधिमा स्कुल कलेजको जस्तै पाठ्यक्रम, दक्ष शिक्षक र कर्मचारी का साथै भौतिक सुविधा र परिक्षाहरु समेत हुने गर्दछ । यो केन्द्रको महादेशिय कार्यलय, अन्र्तराष्टि½«य कार्यलय तथा तालिम केन्द्रहरु छन् जसले दक्ष जनशक्ति उत्पादनका साथै नार्कोनन् विधि अनुसार दुरुस्त काम भए नभएको निगरानी र नियन्त्रण गर्ने कार्य समेत गर्दछ । तालिम पश्चात नार्कोनन् का विद्यार्थीहरुले सो विषयमा ग्राजुएसन गरेको प्रमाण पत्र प्राप्त गर्दछन् जसलाई संसारका अन्य नार्कोनन् केन्द्रहरुले मान्यता प्रदान गरी सेवाको अवसर समेत प्रदान गर्न सक्नेछन् ।
नार्कोनन्को पाठ्यक्रममा के के बिषयहरु समावेश रहेका छन् ?
१.लागू औषध विना को विथड्रल सेवा प्रदान गर्ने (Drugs Free Withdrawal Course)
२. लागू औषध किन लिन हुँदैन भन्ने बारेमा गहिरो ज्ञान दिने (Drugs Education Course)
३. शरिरमा भएका लागू औषध र विशालु तत्वहरुलाई हटाउने (New Life Detoxification Course)
४. जिवन उपयोगी शिक्षाहरु प्रदान गर्ने (Life Skill Course)
क. खराब व्यक्तिहरु पहिचान गराई निजहरुबाट अलग हुन सिकाउने(Ups and Down in life Course)
ख. नैतिक शिक्षा प्रदान गरी आदर्श नागरिक बन्न सिकाउने(Personal Value & Integrity Course)
ग. उत्पादक व्यक्ति बनाई अध्ययन, व्यवसाय, र जागिरमा सफल हुन सिकाउने (Changing Condition in Life Course)
५. सम्बाद क्षमता बढाई शरिर, मन तथा उद्देश्यमा नियन्त्रण गर्न समक्ष बनाउने(Objective and Training Routine Drill Course)
६. पूर्नस्थापनाका लागि आवश्यक पर्ने ज्ञान तथा सिप प्रदान गर्ने(After Care and Internship Course)
७. क्षमता बृद्धिका लागि अतिरिक्त क्रियाकलापहरुमा संलग्न गराउने(Extra Curricular Activities)
पाठ्यत्रमहरुको थप विवरण


लागू औषध विना को विथड्रल सेवा प्रदान गर्ने (Drugs Free Withdrawal Course)


लागू औषध किन लिन हुँदैन भन्ने बारेमा गहिरो ज्ञान दिने (Drugs Education Course)


शरिरमा अड्किएर बसेका लागू औषध र विशालु तत्वहरुलाई हटाउने कोर्ष (New Life Detoxification Course)
जिवन उपयोगी शिक्षाहरु प्रदान गर्ने (Life Skill Course)


खराब व्यक्तिहरु पहिचान गराई निजहरुबाट अलग हुन सिकाउने (Ups and Down in life Course)


नैतिक शिक्षा प्रदान गरी आदर्श नागरिक बन्न सिकाउने (Personal Value & Integrity Course)


उत्पादक व्यक्ति बनाई अध्ययन, व्यवसाय, र जागिरमा सफल हुन सिकाउने (Changing Condition in Life Course)
सम्बाद क्षमता बढाई शरिर, मन तथा उद्देश्यमा नियन्त्रण गर्न समक्ष बनाउने (Objective and Training Routine Drill Course)
पूर्नस्थापनाका लागि आवश्यक पर्ने ज्ञान तथा सिप प्रदान गर्ने (After Care and Internship Course)
अतिरिक्त क्रियाकलाप (Extra Curricular Activities)
क) दैनिक योग शिक्षा
ख) स्कुल कलेज अध्ययनरतहरुलाई उक्त बिषयमा उतिर्ण गराउन टु्युसन सेवा
ग) नार्कोनन् मै बसेर यसै केन्द्रबाट स्कुल कलेज पढ्न जाने सेवा
घ) नार्कोनन् मै बसेर प्रावधिक ज्ञान प्राप्त गर्ने सेवा
ङ) नर्कोनन् केन्द्रबाट नै विदेश मा काम गर्न वा अध्ययन गर्न जाने सेवा
च) पशुपालन तथा कुषि क्षेत्रमा अनुभवी बनाउने सेवा
छ) नार्कोनन कै नेपाल तथा अन्य अन्र्तराष्ट्रका केन्द्रहरुमा कर्मचारी बनी काम गर्ने सेवा
ज) नार्कोनन् मै विभिन्न विषयका विज्ञहरु आमन्त्रण गरी बाहिरी संसारको ज्ञान दिने सेवा
झ) लागू औषधको समस्यामा परेका परिवारहरुलाई परामर्श दिने सेवा
ञ) स्कुल कलेज तथा समुदायलाई आवश्यक पर्ने लागू औषध नियन्त्रण शिक्षा प्रदान गर्ने सेवा
हामी यहाँ छौं। हामी तपाईंलाई मद्दत गर्न तयार छौं।
हामीलाई मद्दत प्राप्त गर्न सम्पर्क गर्नुहोस् +977 -1-014377124
Map & Directions
Location
Narconon Nepal,
Drug and alcohol treatment and rehabilitation centre,
Budanilakhanta – 3
(Next to park village hotel)
Kathmandu, Nepal
Phone


NARCONON NEPAL
News & Feed
Learning Life Skills to Be Drug Free
Often times an addiction starts because a person is hanging around with people who, to say the least, are not very interested in their well-being. This is why, after the…
I Have Become a More Ethical Person After Doing This…
Making the right choices determines your whole future. But what is right? How can you determine this for yourself in every case? This course helps you establish your own personal “backbone”…
I’ve Got a Road Out with the Personal Values Course
Making the right choices determines your whole future. But what is right? How can you determine this for yourself in every case? This course helps you establish your own personal “backbone”…























